Sunday, February 23, 2014

फ्याउरे गुन्डा र चुलबुल पाण्डे



एमाले नेता केपी ओलीले एउटा कार्यक्रममा ठोकुवा गरेछन् – ‘बलभद्र र भक्ति थापाको सन्तान डन वा गुण्डा हुनै सक्दैनन्’  तर उनको दाबी विपरीत केही नेपाली ठिटाहरु चाहिं ‘डन’ बन्न मरीहत्ते गरिरहेका छन् पत्रिकाले ‘डनको सूची’मा आफ्नो नाम नराखेकोले आफ्नो ‘इन्सल्ट’ भएको भन्दै आफ्नो नाम उल्लेख गर्न पत्रकारलाई धम्की आएको समाचार केही अघि आएको थियो हुँदा हुँदा गाउँटोलमा समेत ‘फलानो ठाउँको गुन्डा ल्याएर तँलाई सिध्याइदिन्छु’ भन्ने प्रवृति मोलाउँदै गएको छ यो सन्धर्भमा नेता ओलीको भनाई कतिको प्रासंगिक होला ?

नेपालको ‘डनबाद’ अहिले दिपक मनांगे र चक्रे मिलनको घेरा तोडेर धेरै बाहिर निस्किसकेको छ गणेश लामा, परशुराम बस्नेत र ‘चरी’ पनि नेपाली ‘डन बजारमा’ पुराना नाम भइसके केही समय अगाडी एउटा हत्या प्रकरणमा ‘रमेश बाहुन’ नामक डनको चर्चा थियो ‘क्याची’ नाम राखेर चर्चित हुने होड पनि नेपाली डनहरुमा खुब चलेको छ यस्तै एउटा नाम हो- ‘एडा’ जो केहीसमय अघि पक्राउ परे हिन्दी फिल्म ‘गर्व’को नामबाट जुराइएको यो नाम सुनेर हाँस्दा-हाँस्दा म झन्डै ढलेको थिएँ त्यस्तै अनौठो नाम भएका अर्का डन ‘रिंकी’ पकाऊ परेका छन् भने उनका भाइ ‘पिंकी’ फरार छन् त्यस्तै काठमाडौँका नयाँ प्रहरी प्रमुख रमेश खरेलसँग भेटेर ‘सेटिंग’ मिलाउन खोज्ने डन ‘बले’ पुग्नेबित्तिकै खोरमा जाकिएका छन् भने अर्का एक डन ‘बाघे’ले खरेललाई झुक्कयाउँदै फोटो खिचाउन भ्याएपनि पछि पत्ता लागेपछि ‘मामाघर’ बस्नु पर्ने भएको छ

काठमाडौँका ‘डन’हरुलाई ‘फ्याउरे गुन्डा’ भनेर होच्याउने एसएसपी रमेश खरेल अहिले काठमाडौँको नयाँ प्रहरी प्रमुखमा नियुक्त भएका छन् ‘साप्ताहिक’ र ‘शुक्रबार’ जस्ता पत्रिकाहरुले ‘स्टाइल’मा डन भनेर चर्चामा ल्याएका गुन्डाहरुलाई मुसाको संज्ञा दिएका खरेलले नियुक्तिको एक महिना नबित्दै बले, रिंकी-पिंकी, एडा, बाघे लगायत कैयौं डनलाई बिरालो बनेर समातिसकेका छन् भने अरु डनमा पनि ‘दुलो खोज्दै’ भागदौड मच्चिएको छ यसैबीच प्रमका एक सहयोगीले ‘डन’ छुटाउन दबाब दिएको कुरा बाहिर आएको छ तर बडो चलाखीपुर्वक उक्त सूचना ‘लिक’ गरेर प्रहरीले एकातिर जनताको सहानुभूति बटुलेको छ भने अर्को तर्फ राजनैतिक दबाबमा पनि झुक्नु परेको छैन् काठमाडौँमा ट्राफिक नियम उलंघन गरेकोमा एक सभासद्को लाईसेन्स जफत गरि कारवाही गरिएको छ पूर्वान्चलका प्रहरी प्रमुख डीआइजी नवराज सिलवालले हिरो बन्न पाउनु असल प्रहरीको अधिकार भएको बताएका छन् प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल स्वयमले ‘अनुचित राजनीतिक दबाबका सामु नझुक्न’ भनेर मातहतका प्रहरीलाई निर्देशन दिएका छन् यसरी नेपाल प्रहरीले आश्चर्यजनक रुपमा आफुलाई सुधार गरेको छ जुन स्वागतयोग्य छ


यसबाट सम्भवतः हिन्दी फिल्मी दुनियाँबाट प्रभावित नेपाली समाजको दुईवटा प्रवृति प्रस्ट भएको एउटा ‘डन’ बन्ने प्रवृति र अर्को ‘चुलबुल पाण्डे’ बन्ने प्रवृति कुन प्रवृति पछयाउने भन्ने कुरा  व्यक्तिगत रोजाई हो तर बलभद्र र भक्ति थापाको सन्तानले ‘फ्याउरे डन’ बन्नु भन्दा आज ‘चुलबुल पाण्डे’ बन्नु  बढी उपयुक्त होला की ?



No comments:

Post a Comment

Your comments will be highly appreciated.