धेरै वर्ष अघि। यही समयमा ।बनभरी लाली गुराँस फुल्थ्यो। आज पनि फुल्छ सायद। तर धेरै भैसक्यो
नदेखेको। स्कूल छुटेपछी प्राय शुक्रबार हामी बन-बन
डुली हिडथ्यौं। कहिले काफल खान त
कहिले लाली गुराँस टिप्न। त्यी सम्झनाहरु आज
पनि ताजै छन् –बिशेसगरि लाली गुराँस टिप्दाताकाको। नयाँ वर्ष लाग्ने बेला मलाई त्यो समय याद आउँछ र सोच्छु- ओहो ! यो त गुराँस
फुल्ने बेला हो। दिनभरी डुलेर कसले
धेरै गुराँस टिप्ने भन्ने होडबाजी हुन्थ्यो। बनको बिचमा बनदेवी को थान थियो। त्यहाँ गुराँस चडाउने गर्थ्यौँ। भोक लाग्दा गुराँस खान्थ्यौ पनि। घाँटिमा केहि अड्किदा गुराँसले औषधिको काम गर्छ भन्ने विश्वास थियो। अनि हातभरी गुराँस बोकेर घर लाग्थ्यौं। आज पनि बनमा गुराँस फुलेको होला। हाम्रो मनमा चाहीं त्यो मनमोहक फूल फुलेको छ कि छैन ?
नयाँवर्ष खासै
मनाएको याद छैन ।एक साल नयाँ वर्षको दिन घुम्न गएको चाहीं संधै याद आइरहन्छ। हाम्रो गाउँ बाट नजिकै छ नगरकोट – हिड्ने दुरीमा। अब घुम्ने योजनाले हिडेको पनि होइन, नगरकोट जान योजना बनाउनु जरुरि
पनि थिएन। कसैसंग सुको पैसा पनि थिएन। हिड्दा हिड्दै धेरै हिंडियो। अनि भोक लाग्न थाल्यो। घर फर्किन पनि टाइम
लाग्ने। भोक चर्को हुदै थियो ।एउटै उपाय थियो –
टुरिस्ट फकाउने। त्यो पनि सकिएन। भाइहरुले चाहीं अर्कै जुक्ति निकाले। नयाँ वर्षको दिन धेरै मान्छे पिकनिक आएका थिए नगरकोटमा। अब तिनीहरुले ल्याएको खाने कुरा चोर्ने भैयो। मैले नाइँ भनिन तर म अलि डरछेरुवा खालको मान्छे थिए। भाग्नलाई ठिक्क परेर बसें। मोटरमा राखेको खाने
कुरा भाईहरुले चोरेर ल्याएपछी कुलेलाम ठोकियो। हामी (अझ म भनुँ) यती बेस्सरी भाग्यौं- सम्झिदा पनि रमाइलो लाग्छ। खाने कुरा भुजिया रहेछ। त्यति मिठो खाने
कुरा ‘लाईफमा’ फेरी कहिले खाइएन, या भनुँ खाको जस्तो लाग्दैन I
नयाँवर्ष आउँदा एक
किसिमको जोश हुन्थ्यो ममा। त
म स्कूलमा राम्रो बिद्यार्थीनै थिएँ तर आफै देखि अफ्नो पढाइ देखि चित्त बुझिराखेको
थिएन। प्रत्येक नयाँ वर्ष म ‘नोट’ बनाएर राम्रो
संग पढ्छु भन्ने प्रण गर्थे ।‘सेडुल’ बनाएर पढ्छु भन्ने अठोट गर्थें तर
मेरो योजनाले संधै हावा खान्थ्यो। ‘नोट’ बनाउन सुरु त
गर्थे तर समय अभाब भएपछी तेस्मानै लेखिन्थ्यो क्लासमा पनि। अनि नोट ‘रफ’ बन्थ्यो। प्रत्येक वर्ष यसरी
नै चल्दै गयो। नोट बनाएर पढ्न
सकिएन। स्कूल पछी त झन के भयो के। एउटै कापीमा चल्न थाल्यो सब बिषय। आज दस वर्ष बितिसकेछ स्कूल छोडेको पनि। आज बुझ्दै छु जीवन ‘नोट’ नै त नहुदो रैछ। जीवनलाई सकेसम्म ‘नोट’ बनाउन कोसिस त गर्ने हो तर adjust त ‘रफ’ मा नै गर्नु
पर्ने रैछ I
साथिहरु सबैको
जीवनमा लाली गुराँस फुलोस, रमाइलो सम्झनाहरु संगालेर बाँच्नुहोस् , र जीवन संधै ‘नोट’ जस्तै बनाउने तिर
प्रेरित होस्। शुभकामना ।
Happy new year 2070 !
प्रथमपटक २०६९ मा पुरानो ब्लग (English ब्लग) मा प्रकाशित !
No comments:
Post a Comment
Your comments will be highly appreciated.