Saturday, March 8, 2025

चाउमीन

विद्यार्थीहरूले खाजा खाने एउटा क्यान्टिनमा सधैँ चाउमिन मात्र पाउँदा विद्यार्थीहरू वाक्क भएका थिए। चाउमिन मात्रै भएकाेमा 80 जनाले क्यान्टिनमा गुनासाे पाेखे । हरेक दिन फरक फरक खाजा दिन तयार भयाे । तर 100 जना विद्यार्थी मध्ये 20 जनालाई भने चाउमिन धेरै मन पर्ने रहेछ। उनिहरु सधैँ चाउमिन पाएकाेमा खुशी हुन्थे। बाँकी 80 विद्यार्थी भने खाजामा परिवर्तन चाहन्थे। खाजाकाे विषयमा सधैँ विवाद हुन थाल्याे । विवाद बढेपछि खाजाको लागि चुनाव गर्ने निर्णय भयो । जुन खाजा धेरैले मन पराउछन त्यही पकाउने कुरा भयो । 


ती 20 विद्यार्थी जसलाई चाउमिन प्यारो थियो, उनीहरूले चाउमिनमै भाेट हाले । बाँकी रहेका 80 जनाले कुनै सरसल्लाहबिना आफ्नाे रुचिले अलग अलग खाजामा भाेट हाले। मत परिणाम यस्तो आयो 

*20 चाउमिन 

*18 समाेसा,

*17 राेटी पराठा,

*16 पुरी तरकारी 

*15  म:म:

*14 दही चिउरा


सबै भन्दा धेरै भोट चाउमिनमा परेकोले  त्यस क्यान्टिनमा आज पनि सधैँ चाउमिन मात्र बन्छ । चित्त नबुझे पनि बाकी 80 जना चाउमिन खान बाध्य छन । परिवर्तन हुनु पर्यो भनेर गुनासो गर्न पनि छोडेका छैनन ।#cpfromfacebook

No comments:

Post a Comment

Your comments will be highly appreciated.