Thursday, September 30, 2021

कमिलो र कार्यालय

हरेक दिन, एउटा सानो कमिलो धेरै चाँडै काममा आउँथ्यो र तुरुन्तै काम सुरु गर्थ्यो।

उसको कामले कार्यालयको उत्पादकत्व धेरै थियो  र उ खुसी पनि थियो।

एकदिन कार्यालयमा नयाँ हाकिम आए- सिंह ।  कार्यालयको हाकिम सिंह, कमिलोले बिना निगरानी काम गरिरहेको देखेर छक्क परे।

उनले सोचे कि कमिलाले सुपरिवेक्षण बिना यति धेरै उत्पादन गर्न सक्छ भने एउटा सुपरिवेक्षक हुने हो भने कति काम गर्ला ?

त्यसैले उनले एउटा "साङ्लो" भर्ती गरे जसलाई  निगरानीको व्यापक अनुभव थियो र जो उत्कृष्ट रिपोर्ट लेख्नको लागी प्रसिद्ध थियो।

साङ्लोको पहिलो निर्णय कार्यालयलाई सुधार गर्नु थियो किनभने उसले कार्यालयमा समस्या, बेथिति र अनियमितताको चाङ भएको प्रतिवेदन तयार गरेको थियो ।

साङ्लोलाई कार्यालय सुधार गर्न अब एउटा 'सेक्रेटरी'को आवश्यकता पर्यो जस्ले उसलाई टाइप गर्न र रिपोर्ट लेख्न मद्दत गर्न सकोस् । त्यसैले उसले एउटा "झिंगा" भर्ती गर्‍यो, जसले सबै अभिलेखहरुको ब्यबस्थापन र सबै फोन कलहरुको अनुगमन गर्ने काम गर्न थाल्यो।

सिंह- साङ्लोको रिपोर्टसंग खुसी भए । र उसलाई उत्पादन दर र  प्रवृत्तिहरुको बिश्लेशण गर्नको लागि 'ग्राफिक प्रस्तुतीकरण' तयार गर्न आदेश दिए। ताकि त्यो  ग्राफिक प्रस्तुतीकरणलाई बोर्डको बैठकमा प्रस्तुत गर्न सकियोस र बोर्ड सदस्यहरु खुसी होउन् ।

त्यसैले साङ्लोलाई एउटा नयाँ सोफिस्टीकेटेड कम्प्यूटर र लेजर प्रिन्टर किन्नु पर्यो । घरमा काम गर्नको लाई अल्ट्रा मोडेर्न ल्यापटप  चाहियो ।  कार्यालय आवत जावत गर्न गाडी सुबिधा चाहियो । र गाडी चलाउन ड्राइभर पनि चाहियो । कार्यालयमा कम्प्यूटर र लेजर प्रिन्टर, घरमा ल्यापटप र गाडी सुबिधा झिंगालाई पनि दिइयो । घरमा बसेर काम गर्नको लागि झिंगालाई ओभरटाइम पनि दिइयो।

कार्यालयलाई सूचना र संचार प्रविधिमैत्री बनाउन अब IT शाखालाई ब्यबस्थित गर्नु जरुरी थियो । उक्त काम गर्न "उपियाँ" लाई भर्ती गरियो । उसलाई पनि कम्प्यूटर, लेजर प्रिन्टर र ल्यापटप लगायतका सुबिधा दिइयो ।

कमिलो, जो पहिले धेरै मिहिनेती अनि जांगरिलो थियो र आरामसंग बढी काम गर्थ्यो- धेरै कागजी कार्य र बैठकहरुमा उसको समय ब्यतित हुँदा दिक्क हुन्थ्यो । 

कार्यालयको हाकिम सिंह यो निष्कर्षमा पुगे कि कमिलोको बिभागको प्रभावकारिता बढाउन त्यहाँ एउटा इन्चार्जको जरुरत छ । त्यो जिम्मेवारी पूरा गर्न "लाम्खुट्टे" भर्ती गरियो जसको पहिलो निर्णय उसको कार्यालयको लागि कार्पेट र एर्गोनोमिक कुर्सी र सोफा किन्नु थियो। नयाँ इन्चार्ज लाम्खुट्टेको लागि कम्प्यूटर, लेजर प्रिन्टर, ल्यापटप लगायतका सबै सुबिधा दिइयो । उसले आफ्नो काममा सहयोग गर्न आफ्नो अघिल्लो कार्यालयबाट एउटा सहायक "उडुस" पनि ल्यायो जस्ले उसलाई बजेट नियन्त्रणको रणनीतिक योजना तयार पार्न समेत मद्दत गर्ने भयो । 

अनि यसरी नै कार्यालयको उत्पादकत्व बढाउन दर्जनौं "जुम्रा र लिखाहरु" भर्ती गरिए । झिंगा, उपियाँ लाम्खुट्टे र उडुसलाईजस्तै सुबिधाहरु दिइए । उनिहरुलाई उत्प्रेरित गर्न तलबभत्ता बढाइए ।

कमिला काम गर्ने विभाग अब एक निराश ठाउँ भयो जहाँ कोहि पनि खुसी थिएनन । कार्यालयमा चाकरी, चाप्लुसी र चम्चागिरी मात्र बढेपछि सबै दिक्दार भएका थिए ।

कमिलोको विभागको कार्य समीक्षा गरेपछि, सिंहले थाहा पाए कि कार्यालयको उत्पादकत्व पहिले भन्दा धेरै घटेको थियो। अनि लामखुट्टेले हाकिम सिंहलाई बिज्ञ परामर्शदाताद्वारा कार्यालयको अवस्था अध्ययन गर्नको लागि सुझाव दियो । 

त्यसैले सिंहले एक प्रतिष्ठित र प्रसिद्ध सल्लाहकार "उल्लु"लाई भर्ती गरेर परिक्षण गर्न लगाए । र  समस्या पहिल्याई सुझावको लागि अनुरोध गरे । उल्लूले विभागमा सबै सुबिधाहरु सहित तीन महिना बितायो र एउटा बिस्तृत रिपोर्ट तयार गर्यो, जसको एउटा  निष्कर्ष  थियो :

"विभाग overstaffed छ ..."

अब सोच्नुहोस् सिंहले पहिले कस्लाई जागिरबाट निकाल्न सक्छन् ?

कमिलो, पक्कै, किनभने उसमा "उत्प्रेरणाको कमी थियो र ब्यबस्थापनप्रति नकारात्मक दृष्टिकोण थियो।"

तपाईंलाई के लाग्छ, यदि नेतृत्व विवेकशिल हो भने  हटाउनुपर्ने कसलाई हो ?????

No comments:

Post a Comment

Your comments will be highly appreciated.