Wednesday, June 21, 2023

जंगलको भागदौड

 


एकपल्ट जङ्गलमा एउटा खरायो रुखमुनि आराम गरिरहेको थियो आराम गर्दागर्दै पृथ्वी ध्वस्त भयो भने के होला भनेर सोचिरहेको थियो त्यतिकैमा उसले निकै अनौठो र भयङ्कर ठुलो आवाज सुन्यो उसले डराएर भन्यो, “पृथ्वी ध्वस्त हुँदैछ दौडिन थाल्यो

बाटोमा अर्को खरायोले उसलाई देख्यो सोध्यो, “के भयो? किन यस्तो हतारमा कुदेको  ?

उसले जवाफ दियो, "यदि तिमी बाँच्न चाहन्छौ भने.. तिमी पनि दौडनु राम्रो हो किनकी  पृथ्वी ध्वस्त हुँदैछ

यो सुनेर दुबै जना जति सक्दो छिटो दौडन थाले जङ्गलबाट दौडदै गर्दा दुबैले कराए, "सबै दौडौ, पृथ्वी ध्वस्त हुँदैछ "

चाँडै हजारौं खरायोहरू जंगलमा दौडन थाले । उनीहरुलाई दौडिरहेको देखेर अरु जनावरहरु पनि डराए

एकैछिनमा एक जनावरबाट अर्को जनावरमा समाचार फैलियो सबैजना भाग्न खोजिरहेका थिए तिनीहरूको डरले चारैतिर अराजकता सिर्जना गर्यो ।

पहाडमा उभिएको सिंहले जङ्गलमा सबै जनावरहरू दौडिरहेको देखेर अचम्म माने, “के भयो ? किन सबै पागल जस्तै दौडिरहेका छन्..?"

सिंह डाँडाबाट ओर्लिएर भीडको सामु उभिए । सिंह यति बलियो थियो कि सबै जनावरहरू डराए तिनीहरू जहाँ थिए, त्यहाँ रोकिए ।

एउटा सानो चराले मात्र भन्यो, " पृथ्वी ध्वस्त हुँदैछ..."

सिंहले सोधे, "यो कसले भन्यो?"

चराले जवाफ दियो, "मैले मृगबाट सुनें।"

सिंहले मृगलाई सोध्दा तिनीहरूले बाँदरबाट सुनेको जवाफ दिए । बाँदरले हात्तीबाट सुनेको बताए सबैलाई सोध्दा अन्ततः खरायोहरु समातिए

जब सिंहले खरायोहरुलाई सोध्यो - तिनीहरूले एक अर्कालाई संकेत गरे र अन्तत: त्यो हल्ला मच्चाउने खरायो पत्ता लाग्यो

सिंहले उसलाई सोधे, "तिमीले  पृथ्वी ध्वस्त हुँदैछ भन्ने कसरी थाहा पायौ ?"

खरायोले जवाफ दियो, "महाराज.. मैले आफ्नै कानले भयङ्कर ठुलो आवाज सुनेँ ।"

सिंहले सम्पूर्ण मामिलाको खोजीबिन गरे अन्ततः थाहा भयो कि कुनै चट्टानमा रूखबाट नरिवलको ठूलो गुच्छा खसेको कारण आवाज आएको हो । :)

Translated from https://rothfelslab.org/2020/05/14/chaos-in-the-forest/