Monday, December 25, 2023

के हामी फरक फरक स्वरूपमा एउटै भगवानको प्राथना गरिरहेका छौं ?

कृष्ण   क्राइस्टका सम्बन्धमा तलका तथ्यहरु बिचार गरौँ है त !

१. नाममा समानताहरू' क्राइस्ट' 'कृष्ण' –बीच  समान उच्चारण  कृष्णको अर्थ "गाढा/कालो रङको" ख्रीष्टको अर्थ "गाढा/जैतूनको तेलले ढाकिएको" हुन्छ

२. दुवैलाई मुक्तिदाता भनियो दुवै त्रिमुर्ति (ट्रिनिटी) को दोस्रो व्यक्तित्व थिए

३. हिन्दूहरूका अनुसार कृष्ण भगवान विष्णुको औं अवतार हुन्रक्षक/पालनहार हुन्   हिन्दू देवताहरूको त्रिमूर्ति ब्रम्हा, बिष्णु र महेश मध्ये दोस्रो व्यक्तित्व हुन्   अधिकांश इसाईहरूले विश्वास गर्छन् कि ख्रीष्ट (येशू) परमेश्वरको पुत्र हुन् , ट्रिनिटीको Father, Son & Holy Spirit  मध्ये दोस्रो व्यक्तित्व हुन्

४. दुवै पृथ्वीमा मानिसको रूपमा अवतरण भएका थिए दुवैलाई मानव ईश्वरीय दुवै रुपमा मानिन्छ

५. दुवै अलौकिक रुपमा जन्मेका थिए विष्णु स्वयं देवकीको गर्भमा अवतरण भई उनको छोरा कृष्णको रूपमा जन्मेको मानिन्छ  (Holy Spirit) पवित्र आत्मा मरियमको गर्भावस्थाको लागि जिम्मेवार थिए

६. दुबै असामान्य स्थानमा जन्मेका थिए कृष्णको जन्म जेलको कोठरीमा भएको थियो ख्रीष्टको जन्म गुफामा भएको थियो, यद्यपि कोहीले गोठको डुँडीमा जन्मेको मान्दछन्

७. दुबैको जन्म हुँदा रात थियो र मानिसहरु निन्द्राको अवस्थामा थिए

८. उनीहरुको जन्म पछि उनीहरुको जन्मस्थल प्रकाशले उज्यालो भएको थियो  

९. कृष्ण जन्मदा आकाशवाणी भएको थियो क्राइस्ट जन्मदा देवदूतले चेतावनी जारी गरेका थिए

१०. ख्रीष्ट कृष्ण दुवै युवा हुँदा स्थानीय शासकको डर, त्रास र धम्की खेप्नु परेको थियो । कंसले कृष्णलाई मार्न चाहेका थिए यसका लागि उनले राक्षसहरू पठाएका थिए   येशू ख्रीष्टको पनि यस्तै कथा जसमा दुष्ट राजा हेरोदले ख्रीष्टलाई मार्न शाही आदेश जारी गरेका थिए  

११. भगवानको मृत्यु सुनिश्चित गर्न दुबै कथाहरुमा निर्दोष केटाकेटीहरूलाई मारिएको थियो आफुलाई “मार्नेवाला बच्चाको मृत्यु सुनिश्चित गर्न कंसले देवकीका सबै सन्तानहरूलाई मारेको थियो यही कथा बाइबलमा म्याथ्यूमा निर्दोषहरूको नरसंहारको कथाको रूपमा पनि देखिन्छ जहाँ राजा हेरोदले बेथलेहेमका सबै साना केटाकेटीहरूलाई येशूको मृत्यु सुनिश्चित गर्न मार्न आदेश दिएका थिए

१२. तिनीहरूका आमाबाबु बसेका ठाउँहरूको नाममा समानता थियो । कृष्णका आमाबुवा देवकी र वासुदेवमथुरा राज्यका थिए मरियम यूसुफ मुटुरियामा बस्थे

१३. कृष्ण येशू ख्रीष्ट दुबै शाही वंशका थिए तर उनीहरूले बाल्यकाल एक साधारण केटाको रूपमा बिताए   कृष्ण गोठालो थिए  ख्रीष्टलाई प्रायःभेडागोठालोको रूपमा चित्रण गरिएको

१४. दुबै शासकबाट लुकेर अन्तै हुर्किएका थिए - भगवान कृष्ण कंसबाट लुकेर गोकुल/वृन्दावनमा हुर्केका थिए, जबकि येशू हेरोदबाट लुकेर इजिप्टमा हुर्केका थिए

१५. तिनीहरूका पालनपोषण गर्ने आमाबाबुले कर तिर्न जानुपर्थ्यो कृष्णका पालनपोषण  गर्ने बुबा नन्दले कर तिर्न मथुरा जानुपर्थ्यो , जसरी येशूको पालनपोषण गर्ने पिता जोसेफले कर तिर्न बेथलेहेम गएको कुरा लुकको सुसमाचारमा रेकर्ड गरिएको

१६. कृष्ण चंचल र चकचके केटा थिए येशूले मन्दिर जान आफ्नो आमाबाबुलाई छोडेका थिए  

१७. पहाडसंगको सन्धर्भ  - कृष्णले गोबर्धन पर्वतलाई उठाएको बताइन्छ येशुले भनेका थिए : "यदि तिमीमा रायोको दाना जस्तै विश्वास भएको भए तिमीले पहाडलाई आफैलाई उखेल्न समुन्द्रमा फ्याँकिदिनको लागि भन्ने थियौ "

१८. विशाल सर्पसंगको सन्धर्भ-

एक दिन नदीको छेउमा खेल्दै गर्दा बच्चाहरूले यमुना नदीमा विष मिसिएको देखे, त्यसैले विष हाल्ने कालिया नागलाई मार्न कृष्ण नदीमा पसे । उनले कालिया नागको टाउकोमा नाच्दै उसलाई नदी छोडेर जान आदेश दिए र नदीलाई फेरि सफा बनाए

यो कथा जस्तै, यहोवाले लेविथानलाई मारेका थिए (यहोवाले लेविथानलाई सर्प भनेका छन् जसको धेरै टाउको , जुन एक समुद्री प्राणी हो र जो एक घिनलाग्दो शैतानको प्रत्यक्ष नेतृत्वमा थियो ) । येशू शुद्धीकरणको लागि नदीमा जानुहुनेछ त्यस दिन परमप्रभुले आफ्नो भयंकर तरवारले समुद्री राक्षसलाई दण्ड दिनुहुनेछ समुद्रमा भएको राक्षसलाई मार्नुहुनेछ यशैया 27:1

१९. दुबैले रोग निको पार्ने लगायत धेरै चमत्कारहरू गरे

२०. दुवैलाई सर्वज्ञ (सर्व-ज्ञानी), सर्वशक्तिमान, सर्वव्यापी (सदाबहार) मानिएको छ

२१. कृष्ण येशूको मिशन एउटै थियो - मानवताको मुक्ति

२२. Sermon of the Mount (पर्वतमा उपदेश) डिसेम्बर महिना

डिसेम्बर २५ लाई क्रिसमसको रूपमा मनाइन्छ । भगवान कृष्णले कुरुक्षेत्रमा भगवद-गीताको उपदेश दिएको समयका रुपमा  डिसेम्बर २३ मा “गीता जयन्ती उत्सव मनाइन्छ । ख्रीष्टको "पर्वतमा उपदेश" कृष्ण रथमा सवार भई अर्जुनलाई दिइएको कृष्णको गीतोपदेश मिल्दोजुल्दो  भगवद-गीता एक उपदेश हो, जुन ५००० वर्ष पहिले दिइएको थियो, जसले सबै मानिसहरूलाई अपरिहार्य आध्यात्मिक मार्गदर्शन प्रदान गर्दछ    ख्रीष्टको उपदेशको बारेमा पनि सोही कुरा भनिन्छ, जुन जैतूनको पहाडमा भएको मानिन्छ

२३. शिक्षामा समानता -

हामीले भगवद-गीतामा यो सिक्छौं कि कृष्णप्रति पूर्ण भक्तिले मानिसलाई अनन्त जीवन प्राप्त हुन्छ मृत्यु कहिल्यै थाहा हुँदैन नयाँ नियममा हामी ख्रीष्ट नै एक मात्र बाटो हुनुहुन्छ भनेर सिक्छौं "ख्रीष्टमा विश्वास गर्ने कोही पनि नाश नहोस्, तर अनन्त जीवन पाओस् "

भगवद्-गीता (.-) मा कृष्णले भन्नुहुन्छ, "सम्पूर्ण ब्रह्माण्डको कारण नै हुँ, मद्वारा नै यो सृष्टि विघटन हुन्छ, सबै चीजहरू ममा निर्भर छन् जसरी मोतीहरू धागोमा बाँधिएका हुन्छन् " येशूले भन्नुभयो, "उहाँबाट उहाँद्वारा, उहाँमा, सबै चीजहरू छन् सबै चीजहरू उहाँद्वारा बनाइएका थिए; उहाँ बिना बनाइएको कुनै पनि चीज थिएन। (यूहन्ना :)

कृष्णले भनेका थिए (. .), "धर्मको स्थापनाको लागि समय-समयमा जन्मन्छु " यसलाई यूहन्ना १८:३७ मा येशूसँग तुलना गर्न सकिन्छ , जहाँ उहाँले भन्नुहुन्छ, "तिमी भन्छौ कि राजा हुँ  यस उद्देश्यका लागि जन्मेको थिएँ, यसै कारणले संसारमा आएको हुँ, कि सत्यको साक्षी बन्न सकूँ सत्यमा रहने प्रत्येकले मेरो आवाज सुन्छ

२४. धारिलो हतियारको चोटले दुवैको मृत्यु भयो कृष्ण वाणले ख्रीष्ट किल्ला-काँटीको चोटले मरेका थिए   कृष्णले यो पृथ्वी  त्याग गर्दा उनको खुट्टालाई बाणले छेडेको थियो भने येशुको पाखुरा भालाले छेडिएको थियो

२५. शास्त्रहरूमा दुवैले फेरि अवतार लिएको भनिएको

त्यहाँ ख्रीष्टको दोस्रो आगमनलाई संकेत गर्ने धेरै अशुभ संकेतहरूको वर्णन कृष्णको अर्को अवतार कल्किको रूपमा हुने कुरा वेदहरूमा प्रकट गरिएको जसमा कलिको भयानक युग (जुनबाट हामी गुज्रिरहेका छौं )को अझ धेरै भयानक लक्षणहरू छन् जसले कृष्ण (भगवान विष्णुको) को आगमन अघिको समयलाई संकेत गर्दछ  

उपसंहार: हामी फरक फरक स्वरूपमा एउटै भगवानको प्राथना गर्छौं

इन्टरनेटमा उपलब्ध विभिन्न स्रोतहरु बाट यस ब्लगरद्वारा अनुवादित 

क्राइस्ट र कृष्ण जस्तै "पैगम्बर मोहम्मद" को कथाहरुमा पनि धेरै समानता छ त्यी के के हुन् ? त्यो तपाईं पत्ता लगाउनुस है त !